नेपालको सन्दर्भ

दक्षिण एशिया अन्तर्गत भारत र चीनको बीचमा अवस्थित नेपालको जनसंख्या करिब ३.१ करोड छ । यसको भूगोल तराईका उर्वर मैदानदेखि हिमालयसम्म फैलिएको छ। नेपालमा बिभिन्न धर्म मान्ने मानिसहरु छन जसमद्धे ८१% हिन्दु ९% बौद्ध र ४.४%, मुस्लिम समुदायका छन् । यहाँ १४२ `जातजातीका मानिसहरु बसोबास गर्छन्। नेपालको अर्थतन्त्र मुख्यतः कृषिमा आधारित छ। करिब ७०% नेपालीहरुको मुख्य रोजगार खेती किसानी हो र कृषिले देशको कुल गार्हस्थ्य उत्पादन (GDP) को चौथाइ हिस्सा योगादान गरेको छ। कृषि बाहेकका क्षेत्रहरूमा रोजगारका अवसरहरू सीमित छन्। जनसंख्याको दृष्‍टिकोणबाट हेर्दा देशमा काम गर्ने उमेरको युवाको संख्याको ('युथ बल्ज') बढी छ । जनसंख्याको ४७%, २५ वर्षभन्दा कम उमेरको युवाहरुले बनेको छ ।

Zrzut ekranu 2025-02-17 163158
Group 4042

नेपालका प्रकाशनहरू अन्वेषण गर्नुहोस्

नेपालमा केन्द्रित अन्तर्दृष्टिपूर्ण प्रकाशनहरूको क्युरेट गरिएको संग्रह पत्ता लगाउनुहोस्।

अन्वेषण गर्नुहोस्

नेपालमा गेज अनुसन्धान:

GAGE has the following three workstreams in Nepal:

1.  गेज रुपान्तरण र किशोरी कार्यक्रम (२०२० मा सम्पन्न): 

२०१८–२०१९ बीच गरिएको यस गुणात्मक अध्ययनले किशोर-किशोरी लक्षित कार्यक्रमहरूको प्रभाव मूल्यांकन गरेको थियो । यस सन्धर्भमा गेजले नेपाल सरकार र युनिसेफद्वारा विकास गरिएको जीवनका लागी सीप विकास "रुपान्तरण" कार्यक्रामको प्रभाव हेरेको थियो । हामीले देशको पूर्वी भाग, विराटनगरमा वर्ल्ड भिजनले कार्यान्वयन गरेको "रुपान्तरण" कार्यक्रमलाई अध्ययन गरेका थियौँ । यो अध्ययन दुई चरणमा गरिएको थियो – कार्यक्रम सुरुभएको केही महिनापछी (बेस लाईन) र त्यस समुहका किशोर किशोरिहरुको लागि कार्यक्रम सकिएपछी (इण्ड लाईन)। यसमा दुई वर्षको अन्तराल राखी ट्रीटमेन्ट (कार्यक्रममा भाग लिएका) र कन्ट्रोल (कार्यक्रममा भाग नलिएका) समूहका किशोर-किशोरी र उनीहरुका अभिभावकहरूसँग अन्तरर्वाता र अन्य गुणात्मक बिधीहरु प्रयोग गरेर अध्ययन गरेका थियौँ । यस बाहेक प्रमुख जानकारको समुह अन्तर्गत `स्थानीय र राष्ट्रिय सरोकारवालाहरू, कार्यक्रम चलाऊने र त्यस कार्यक्रम सम्बन्धित अन्य ब्याक्तिहरु र दात्रु निकायका बिभिन्न पदाधिकारीहारुसँग अन्तर्वार्ता लिएको थियौ । यस अध्ययनमा कुल ४० जना किशोर-किशोरीहरू समावेश गरिएका थिए।  

 

2. गेज- ए . जि. इ. एस. (वयस्क मनोरञ्जन क्षेत्रमा काम गर्ने किशोरीहरू - २०२० मा सम्पन्न)

दुई चरणमा गरिएको यस गुणात्मक अध्ययनको पहिलो चरण २०१८ मा सम्पन्न गरिएको थियो । यस अध्ययनले नेपालमा वयस्क मनोरञ्जन क्षेत्रमा काम गर्ने किशोरीहरूको जीवन र तिनीहरूकोलागि गरिएका कार्यक्रमहरुको प्रभाव बुझ्ने प्रयास गरेको थियो । यस अध्ययन अन्तर्गत २8 वटा समूह छलफल, ३७ वटा प्रमुख जानकार व्यक्तिहरूसँग अन्तर्वार्ता, ९ वटा जीवनी अध्ययन (लाईफ हिस्ट्री ), १ केस अध्ययन र २० वटा अन्तर्वार्ताहरु भएका थिए। सहभागीहरूमा विद्यालय जाने र विद्यालय छोडेका किशोर–किशोरीहरू, साथै वयस्क मनोरञ्जन क्षेत्रका विभिन्न उप- क्षेत्रहरू, जस्तै: डान्स बार, क्लब, रेस्टुरेन्ट, दोहोरी, मसाज पार्लर, आदि स्थानमा काम गर्ने किशोर–ि शोरीहरू थिए। यस अध्ययनमा किशोरीहरूको अभिभावकहरू साथै स्थानीय र राष्ट्रिय स्तरमा वयस्क मनोरञ्जन क्षेत्रमा काम गर्नेहरूको लागि बिभिन्न कार्यक्रमहरु सन्चालन गर्ने संस्थाहरुका सम्बन्धित व्यक्तिहरूसँग समेत छलफल गरिएको थियो। दोस्रो चरणको अध्ययन भने कोभिड-१९ को समयमा गरिएको थियो । यसमा वयस्क मनोरञ्जन क्षेत्र सम्बन्धित काम गर्ने ४५ जना सहभागीहरु (३३ जना किशोरी र १२ जना प्रमुख व्यक्तिहरू) थिए । कोभिड - १९ ले त्यस क्षेत्रमा कामगर्ने किशोरीहरू माथि पारेको प्रभाव बुझ्नका लागी यो अध्ययन गरिएको थियो। यो अध्ययन तीनवटा स्थानीय गैरसरकारी संस्थाहरू - रक्षा नेपाल, विश्वास नेपाल, र महिला मजदुर सुरक्षा संघको सहकार्यमा सम्पन्न गरिएको थियो।

 

3. आर सि टि - रुम टु रिड  कार्यक्रम:

यो मिश्रित विधिको अध्ययन हो। यसमा रुम टु रिड नेपालद्वारा सञ्चालन गरिएको विद्यालय- धारित जीवन सीप सम्बन्धी कार्यक्रमको प्रभाव मूल्यांकन गर्न प्रारम्भिक (बेस लाईन) र कार्यक्रम सकिएपछी (इण्ड लाईन) अध्ययन गरिएको थियो । यस अध्ययनमा २०१७ मा पहिलो वर्षमा १,२६५ सहभागीहरुसँग आर सि टि सर्वेक्षण गरिएको थियो, भने २०२३ मा तिनै मध्येबाट १,१७३ सहभागीहरुसँग सर्वेक्षण गरिएको थियो। अध्ययन अन्तर्गत रुम टु रिड कार्यक्रममा सहभागी किशोरीहरू (ट्रीटमेन्ट), कार्यक्रममा सहभागी नभएका उनीहरुकै उमेर समुहका किशोरीहरू (कन्ट्रोल), साथै दुबै समूहका अभिभावकहरू र शिक्षकहरूसँग अन्तर्वार्ता लिइएको थियो। यो अध्ययन नेपालको दुई पहाडी जिल्लाहरू नुवाकोट र तनहुँमा सञ्चालन गरिएको थियो। यी क्षेत्रहरू रुम टु रिड सँगको छलफलको आधारमा चयन गरिएको थिए।

GAGE अनुसन्धानको लागि समयरेखा

२०१७-२०२०

गेज रुपान्तरण र किशोरी कार्यक्रम

२०१८-२०२२

गेज- ए . जि. इ. एस. (वयस्क मनोरञ्जन क्षेत्रमा काम गर्ने किशोरीहरू)

2017-2023

आर सि टि - रुम टु रिड कार्यक्रम

विधिहरू:

गेजले नेपालमा मिश्रित र कार्यक्रम- प्रभाव मूल्यांकन विधि को प्रयोग गरेर अनुसन्धान गरिरहेको छ।यसले नेपालका बिभिन्न कार्यक्रम र भौगोलिक क्षेत्रहरुमा आफ्नो अध्ययन सन्चालन गरेको छ । यस मद्धे काठमान्डौ, सिन्धुपाल्चोक, नुवाकोट, तनहुँ, र मोरङ केही जिल्लाहरु हुन । अनुसन्धानका ६ प्रमुख विषयहरू शिक्षा र सिकाइ, शारीरिक स्वायत्तता र हिंसाबाट मुक्ति, शारीरिक र प्रजनन स्वास्थ्य र पोषण, मनोसामाजिक समृद्धि, सँगठनात्मक बिस्तार र अभिब्यक्ती तथा आर्थिक सशक्तिकरण हुन ।

नमूना

अध्ययनका मुख्य निष्कर्षहरू:

नेपालमा विशेषगरी सिमन्तक्रित बर्गका, जस्तै ग्रामीण क्षेत्र र मधेसी समुदायका किशोर-किशोरीहरूले शिक्षा प्राप्त गर्न धेरै समस्या झेलिरहेका छन्। प्राथमिक तहमा भर्ना हुने संख्यामा सुधार आएको देखिए पनि यी समूहका धेरैजसो किशोर-किशोरीहरूले अहिले पनि माध्यमिक तहको शिक्षा पूरा गर्न सकिरहेका छैनन्। कार्यक्रमहरूले केही सकारात्मक परिवर्तन ल्याए पनि अध्ययन क्षेत्रहरुमा रुपान्तरण कार्यक्रममा भागलिएका किशोरिहरुलाई अहिले पनि बालविवाह र आर्थिक समस्याले गर्दा माध्यमिक शिक्षामा पुग्न ठूलो कठिनाइ छ। 

भेदभावपूर्ण सामाजिक सोच र आर्थिक समस्याहरूका कारण उच्च शिक्षाका लागि शहरमा आउने किशोरीहरू जोखिमपूर्ण काम जस्तै वयस्क मनोरञ्जन क्षेत्रमा काम गर्न बाध्य भएका छन। यस क्षेत्रमा उनीहरुलाई देह व्यापारमा सम्लग्न गराइने सम्भावना धेरै हुन्छ । एकपटक यो क्षेत्रमा लागी सकेपछि उनीहरु यसै सम्बन्धित कामका लागि शिक्षा छोडेर विदेश जाने र अझ जोखिममा पर्ने सम्भावना पनि बढेको देखिन्छ ।

विशेषगरी सोह्र वर्ष भन्दा माथि उमेरका किशोरहरु बिद्यालयमा शिक्षकद्वारा गरिने अपमान, शारीरिक दण्ड सजाय र पढाइको तरिकामा असन्तुष्टि हुँदा प्राय:पढाइ छोड्छन् । अहिले सम्मका कुनै पनि कार्यक्रमहरुले यी समस्याहरूलाई सम्बोधन गरेका छैनन ।

आर्थिक दबाब पनि किशोरहरुले पढाइ छोड्ने एक प्रमुख कारण हो। किशोरहरूलाई घरको कमाइमा मद्दत गर्नुपर्ने दबाब र सानै उमेरमा नै वयस्क भएर घरको जिम्मेवारी लिनु पर्छ भनेर अपेक्षाको कारण पढाईलाई बिच मै छोडेको यस अध्ययनमा पाइयो । अहिले सम्मका कुनै पनि कार्यक्रमहरुले यी समस्याहरूलाई सम्बोधन गरेका छैनन ।

त्यस्तै गरी केटीहरूलाई प्रायः परिवारको हेरचाह र घरको जिम्मेवारी (अवैतनिक काम) ले पढाईमा समस्या पार्छ, जसको कारण उनीहरुले आफ्नो पढाइ बिचैमा छोड्न बाध्य हुन्छन । यस बाहेक धेरै किशोर किशोरिहरुलाई अहिले पाइरहेको शिक्षाको गूणस्तरले चिन्तित बनाएको छ: उनीहरुलाई अहिलेको शिक्षाले आफुलाई भविस्यमा रोज्गारी र अरु कुनै अवसर नखोल्ने महसुस भएको छ ।

स्वास्थ्य र जीवनयापनका सम्बन्धमा भन्नुपर्दा किशोर किशोरीहरूले शरीरको सुरक्षासँगै स्वास्थ्य सेवा पहुँचमा पनि कठिनाइहरू अनुभव गर्छन्। घर र समुदायमा लैंगिक हिंसा पनि अझै प्रसस्तै छ।

गेज अनुसन्धानले नेपालका किशोरीकिशोरहरू को लागी अवसरहरूलाई सुद्रिढ गर्न सामाजिक सुरक्षा, अभिभावक र समुदायको चेतना वृद्दी सम्बन्धी कार्यक्रम, शिक्षाबाट रोजगारमा जोड्नको लागि सबल निती तथा लैङिक बिभेद अन्त्य गर्ने कार्यक्रमको खाचो औल्याएको छ ।

सम्बन्धित नेपाल प्रकाशनहरू

नेपालका सबै प्रकाशनहरू हेर्नुहोस्